Political Hightlights

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

हिमालय टिभी
२०७७ माघ १५ गते १८:२३
नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

१५ माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गतेको प्रदर्शन अहिलेसम्मकै विशाल हुने दाबी गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले देशलाई कालो सुरुङमा हालेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको समेत बताउनुभएको थियो ।

बैठकमा अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओलीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको आरोप लगाउनुभयो।

यो समूहले माघ २८ मा राजधानीमा विशाल जनप्रदर्शन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्