Political Hightlights
प्रचण्डले दिल्लीमा बसेर नेपालमा युद्ध गराएको प्रधानमन्त्री ओलीको आरोप (भिडियो रिपोर्टसहित)
२०७७ माघ १५ गते १७:५८

१५ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि दिल्लीमा बसेर युद्ध गराएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा ओलीले प्रचण्ड युद्धकालमा जंगलमा नभएर दिल्लीमा बसेको आरोप लगाउनुभएको हो । कार्यकर्तालाई जंगलमा पठाएर प्रचण्ड आफू दिल्लीमा कपालमा तेल लगाएर बसेको ओलीको टिप्पणी छ ।
चुनावमा जान प्रचण्ड–नेपाल डराएको र चुनावदेखि आत्तिएको ओलीको आरोप छ। प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग चुनाव लड्ने ठाउँसमेत नभएको दावी गर्नुभयो ।
प्रचण्ड नेपालको पार्टी धेरै समय नटिक्ने पनि ओलीले दावी गर्नुभयो ।
प्रतिक्रिया