‘अबको तीन महिनामा प्रचण्ड-नेपाल समूह समाप्त हुने ओलीको घोषणा’ (भिडियो रिपोर्टसहित)
१५ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनामा प्रचण्ड नेपाल समूह समाप्त हुने दावी गर्नुभएको छ ।
काठमाडौंमा आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको राजनीतिक भविष्य तोकिदिनुभएको हो ।
प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्त नागरिक समाजको आन्दोलनमा सहभागी भएको प्रसंग उठाउँदै प्रधानमन्त्री ओलीले अरु सबैको हालत पनि अब तीन महिनामा त्यही हुने र पार्टी समाप्त हुने दावी गर्नुभयो ।
मर्ने बेलामा कमिलाको प्वाँख आउँछ भने झै प्रचण्ड नेपाल–समूह समाप्त हुन अलग भएको प्रधानमन्त्रीको दावी छ ।
प्रचण्ड नेपाल समूहलाई आगामी चुनावमा १० सिट ल्याएर देखाउन पनि प्रधानमन्त्री ओलीले चुनौती दिनुभयो । सूर्य चिन्ह आफूले ल्याएको भन्ने माधवकुमार नेपालको दावीको ओलीले खण्डन गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दावी पनि गर्नुभयो ।
प्रतिक्रिया