Main News

माइतीघरमा नेकपा प्रचण्ड–नेपाल समूहको धर्ना

हिमालय टिभी
२०७७ माघ १४ गते १५:१३
माइतीघरमा नेकपा प्रचण्ड–नेपाल समूहको धर्ना

१४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा शुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तरगत आजदेखि काठमाडौंको माइतीघरमा धर्ना दिन थालेको छ ।

प्रचण्ड–नेपाल पक्षका सांसद, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम चालेको भन्दै उनीहरुले त्यो सच्याउनका लागि धर्ना बसेको बताएका छन् ।

विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको भन्दै आम नागरिक नै धर्नामा बस्नु पर्ने बताउनुभयो ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा चरणवद्ध आन्दोलनको कार्यक्रम गर्दै आएको छ । उसले शनिबार बाहेक २१ गतेसम्म हरेक दिन २ घन्टा माइतीघरमा धर्ना दिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *