आज विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइँदै

१३ माघ २०७७ काठमाडौं । आज ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिंदै छ ।
विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिएको छ । दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दैछ ।
अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु गर्न लागिएको विभागले जनाएको छ ।
डेढ वर्षदेखि विभागले निर्माण गरिरहेको यो प्रणाली पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । विभागका अनुसार यो प्रणाली पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारन्टिन केन्द्रहरुमा लागू हुनेछ । त्यसपछि यो आर्थिक वर्षमा सबै ४० वटै निकायमा यो प्रणाली कार्यान्वयनमा आउने विभागले जनाएको छ ।
यो प्रणालीमार्फत व्यापारीहरुले अब अनलाइनमार्फत सम्बन्धित कागजात पेस गर्न सक्ने विभागका महानिर्देशक सुमन दाहालले बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क र प्रतिवेदन प्रणालीलाई थपस्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी बन्ने विभागका महानिर्देशक दाहालको भनाइ रहेको छ ।
भन्सार प्रणालीसँग अहिले ४० वटा विभिन्न निकायहरु जोडिएका छन् । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नुलाई गैरकानूनी मानिन्छ ।
प्रतिक्रिया