Political Hightlights
कार्यकारीका अगाडी निर्वाचन आयोग लाचार बनेको नेता पुनको आरोप
२०७७ माघ १२ गते १३:२२
१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले कार्यकारीका अगाडी निर्वाचन आयोग लाचार बनेको आरोप लगाउनु भएको छ ।
संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेकपालाई फुट्न नमिल्ने भनि निर्णय गर्नु निर्वाचन आयोगको लाचारी भएको पुनले टिप्पणी गर्नुभयो ।
बुटवलमा आज संचारकर्मीसँग उहाँले कार्यकारीको अगाडी संवैधानिक निकाय लाचार भएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो ।
पूर्व उर्जामन्त्री समेत रहेका नेता पुनले अहिले व्यवस्थापन गर्न नसक्दा विद्युत खेर जाने समस्या देखा परेको बताउनुभयो ।
अहिलेका कामचलाउन मन्त्री गुटगत राजनीतिकमा व्यस्त भएको तर आफ्नो काम नगर्दा विद्युतसम्बन्धी समस्या देखा परेको उहाँको आरोप छ ।
प्रतिक्रिया