Main News

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १२:५४
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पार्टीको संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरी माघ भोलिदेखि २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । अन्तिम दिन काठमाडौंमा प्रदर्शन र सभा राखिएको छ ।

भोलि सिट्ठी जुलुश, पर्सी माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यसहितको धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । देशभर विभिन्न विरोध सभा र आन्दोलनको घोषणा गरिएको छ ।

माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने र ती सभामा पार्टी अध्यक्षद्वय तथा वरिष्ठ नेताले ससम्बोधन गर्ने भुषालले जानकारी दिनुभयो ।

प्रदेशका राजधानीमा छुट्टै कार्यक्रम गर्ने, समाजका विभिन्न समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय गरिएका छन् । माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा गर्ने प्रचण्ड–नेपाल समूहले घोषणा गरेको छ ।

यसअघि दोस्रो चरणको आन्दोलनको अन्तिम दिन माघ ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरिएको थियो । ओली समूहले यही २३ गते काठमाडौंमा प्रदर्शन तय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *