दुवै नेकपालाई आधिकारिक नमान्ने निर्वाचन आयोगको निर्णय
![](https://www.himalayatv.com/wp-content/uploads/2022/01/no-photo.jpg)
११ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ । आइतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो ।
आफूहरुनै आधिकारिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले दर्ता गरेको निवेदन निर्वाचन आयोगमा दिएपछि आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
माधव प्रचण्ड समूहले आफूहरुले नेकपाको मान्यता पाउनुपर्ने दाबी गरिरहेकै छन् भने अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि आफू नै आधिकारिक रहेको र अर्को समूह फुटेर गएको बताउनुभएको छ । तर आज आयोगको बैठकले दुवै समूहलाई नचिन्ने भन्दै आयोगले यसअघि फुटेको भनी आएका अभिव्यक्तिहरुको बीचमा बसेर निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानाकरी दिनु भयो ।
उहाँले साबिककै निर्णयलाई सदर गरेको पनि बताउनु भयो । आयोगले नेकपाको अध्यक्षका रुपमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको अध्यक्षका रुपमा नै मान्ने भएको छ । आयोगले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको कुराको न वैधानिकता देखेको छ र न त माधव नेपाललाई पार्टीको अध्यक्षमा चयन गरेको कुरा चिन्ने भएको छ ।
यसले अब यी दुई समूहले निर्वाचनमा जानका लागि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्नु पर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा फुटिसकेको नेकपा भने आयोगको यो निर्णयसँगै कानूनी रुपमा अझै पनि एउटै पार्टीका रुपमा देखिएको छ ।
पुस ५ पछि नेकपा ओली पक्ष र प्रचण्ड(माधव पक्ष गरी २ भागमा राजनीतिक रूपमा विभाजित छ ।
प्रतिक्रिया