Political Hightlights

प्रचण्ड र नेपालको महत्वाकांक्षाका कारण पार्टी विभाजनः ओली पक्ष (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १८:५९
प्रचण्ड र नेपालको महत्वाकांक्षाका कारण पार्टी विभाजनः ओली पक्ष (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ पाल्पा । नेकपा ओली समूहका नेताहरुले प्रचण्ड र माधव नेपालको महत्वाकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन् ।

युवा संघ, पाल्पाले तानसेनमा आज गरेको अगुवा कार्यकर्ता भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको अहिलेको परिस्थितिको मुख्य कारक नै प्रचण्ड र माधवकुमार नेपाल भएको दाबी गर्नुभयो ।

यस्तै गुल्मीको रेसुङ्गामा आयोजति अगुवा कार्यकर्ता भेलामा परराष्ट्रमन्त्रीसमेत रहेका ओली पक्षका नेता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएर कार्यकारी अध्यक्ष पदको दुरुपयोग गरेको आरोप लगाउनुभयो । प्रचण्डको आरोप पत्रकै कारण पार्टी फुटेको उहाँको दाबी छ ।

प्रचण्डले सरकारलाई चौतर्फी रुपमा घेराबन्दीमा पारेको र पदको बार्गेनिङ गर्ने गरेकाले संसद विघटन गर्नुबाहेकको विकल्प नरहेको मन्त्री ज्ञवालीको दाबी छ । प्रचण्डले पार्टी निर्माण गर्ने कार्यमा नलागी शक्ति आर्जनको जोड घटाउमा लागेको समेत ज्ञवलीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्