Political Hightlights

संसद पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकताः महामन्त्री कोइराला

हिमालय टिभी
२०७७ माघ १० गते १३:१६
संसद पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकताः महामन्त्री कोइराला

१० माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राख्नुभयो ।

संसद् पुनःस्थापनाका लागि कांग्रेसले आन्दोलन गरिरहेको बताउँदै दलहरुको पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्ने बताउनुभयो ।

महामन्त्री कोइरालाले क्रियाशील सदस्यताको टुंगो नलाग्नु र अहिलेको राजनीतिक परिस्थितिले गर्दा पार्टी महाधिवेशन समयमा हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्