प्रचण्डलाई पत्रकार वाग्लेको प्रश्न–मांशाहारी आन्दोलन किन चाहियो ?
![प्रचण्डलाई पत्रकार वाग्लेको प्रश्न–मांशाहारी आन्दोलन किन चाहियो ?](https://www.himalayatv.com/wp-content/uploads/2021/01/narayan-wagle.jpg)
६ माघ २०७७ काठमाडौं । वरिष्ठ पत्रकार नारायण वाग्लेले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मांसाहारी आन्दोलन किन चाहियो ? भन्दै प्रश्न गर्नुभएको छ ।
प्रचण्ड सहभागी रहेको प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलामा पुगेका पत्रकार वाग्लेले शाकाहारी आन्दोलनले नपुगेको र आन्दोलन आक्रामक बनाउने भनेर दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको हो । जनयुद्धका घाउ अझै पनि आलै रहेको भन्दै वाग्लेले हिंसात्मक आन्दोलनमा जनताले साथ नदिने बताउनुभयो ।
जवाफमा प्रचण्डले भने आफ्नो आशय हिंसा भड्काउने उद्देश्यले नआएको प्रष्टिकरण दिनुभयो । ठूलो संघर्षले प्राप्त गरेको उपलब्धि गुम्दाको पीडा मात्रै आफूले व्यक्त गरेको प्रचण्डको भनाइ छ ।
शाकाहारी आन्दोलनले नपुगेको प्रचण्डको टिप्पणीको आलोचना भएको थियो । प्रचण्डले अब बन्दुकको आडमा नभइ जनमतको भरमा आन्दोलन गर्ने बताउनुभयो ।
प्रतिनिधिसभा विघटन भएलगत्तै सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल समूहले अब आन्दोलनलाई थप आवेगमय बनाउन कार्यकर्तालाई निर्देशन दिँदै आएको छ ।
प्रतिक्रिया