संविधान जोगाएर मात्र निर्वाचन जानुपर्छः नेता पौडेल
५ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र चुनावमा जानुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पौडेलले संसद पुनर्स्थापनामा जोड दिनुभएको हो । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको चिरहरण गरेको पौडेलको टिप्पणी छ ।
पौडेलले फेसबुकमा लेख्नुभएको छ–लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’
पौडेलले संसद पुनर्स्थापनामा जोड दिँदै त्यसपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताउँदै आउनुभक्एो छ । वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्ने समेत टिप्पणी गर्नुभएको छ ।
पार्टी भित्र पौडेलल संसद पुनर्स्थापनाका लागि दबाब दिँदै आउनुभएको छ । तर पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा जोड दिनुभएको छ ।
प्रतिक्रिया