Political Hightlights

अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा हुने पूर्वप्रम डा. भट्टराईको अनुमान

हिमालय टिभी
२०७७ माघ ३ गते ७:२५
अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा हुने पूर्वप्रम डा. भट्टराईको अनुमान

३ माघ २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताउनुभएको छ ।

गृहजिल्ला गोरखामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने तर्कसमेत गर्नु भएको छ ।

अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओली र राष्ट्रपतिमाथि महाभियोग लगाएर दण्डित गर्नुपर्ने बताउनुभयो । यसो गरेपछि ओली यसै रिङआउट हुने उहाँको भनाइ छ ।

ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात रहेको उहाँको भनाइ छ । ओलीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुने भन्दै भट्टराईले त्यस्तो अवस्थामा सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउने बताउनुभयो ।

कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्र पौडेल संसदीय दलको सदस्य नभएकाले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उहाँको अनुमान छ ।

आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आए पनि आफू पदलोलुप नभएकाले दाबी नगर्ने उनको भनाइ छ ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूह बीच निर्णयक सम्बन्ध बिच्छेद नहुँदा पनि समस्या लम्बिरहेको उहाँले बताउनुभयो । ओलीले चुनाव गराउँदै नगराउने दाबी गर्दै उनले चुनावको सपना नदेख्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्