Main News
एन्टिजेन परीक्षणमा पोजेटिभ आउनेको उपचार गर्न सरकारको निर्देशन
२०७७ पुष १९ गते १७:२१

१९ पुस २०७७ काठमाडौं । सरकारले एन्टिजेन परीक्षण विधिबाट कोरोना परीक्षण गरी पोजेटिभ नतिजा आएकाहरुलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न निर्देशन दिएको छ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा पोजेटिभ नतिजा आउनेलाई कोरोना संक्रमित मानिने बताउनुभयो ।
यसअघि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएकालाई मात्र संक्रमित मानिने गरेको थियो ।
एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिहरुलाई संक्रमित मानी उनीहरुको खोज अनुसन्धान र उपचार गर्न गराउन कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै अस्पताललाई निर्देशन दिएको छ ।
प्रतिक्रिया