Main News

प्रचण्ड–नेपाल समूह पदलोलुप भएको भन्दै ओलीले गरे चर्को आलोचना

हिमालय टिभी
२०७७ पुष १५ गते १९:०३
प्रचण्ड–नेपाल समूह पदलोलुप भएको भन्दै ओलीले गरे चर्को आलोचना

१५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेतालाई पदलोलुप भन्दै चर्को आलोचना गर्नुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि सडकबाट गम्भीर आरोप लगाएको अर्को दिन एक सार्वजनिक कार्यक्रममा ओलीले प्रचण्ड र नेपाललाई पदलोपुलको संज्ञा दिनुभयो । प्रचण्डलाई आफूले हरसम्भव प्रयास गर्दा पनि सुधार्न नसकेको ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रचण्डलाई धृतराष्ट्र संज्ञासमेत दिन भ्याउनभयो ।

मंगलबार प्रदर्शनीमार्गमा आयोजित विरोधसभामा चुनाव गराउने प्रधानमन्त्री ओलीको उद्देश्य नै नरहेको भन्ने प्रचण्डको आरोपमा पनि ओलीले व्याङ्ग्य गर्नुभयो ।

आफूले डेढ दशक नेता मानेर आएका माधवकुमार नेपाललाई ओलीले प्रचण्डको मामुली कार्यकर्ता भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले प्रचण्डले माओवादी एक हौं भनेको बताउँदै माधवकुमार नेपाललाई ओलीको नेतृत्वमा पठाइदिन आग्रह गर्नुभयो ।

नेकपाको ओली समूहको सुदूरपश्चिमस्तरीय भेलामा प्रचण्डनेपाल समूहका अर्का नेता भीम रावलको पनि चर्को आलोचना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *