सरकारले तोकेकै मितिमा निर्वाचन हुने अर्थमन्त्री पौडेलको दाबी (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दाबी गर्नुभएको छ ।
वीरगंजमा आज भएको नेकपा ओली समूहको प्रदेश २ स्तरीय भेलामा पौडेलले पार्टीको आन्तरिक विवादका कारण अपेक्षित विकास हुन नसकेको तर्क गर्दै अब स्थिरता र समृद्धिका लागि ताजा जनादेश आवश्यक रहेको जिकीर गर्नुभयो ।
उहाँले पार्टीभित्रको अन्तरविरोध, तिक्ततालाई बाहिर ल्याउने, सरकारलाई काम गर्न नदिने, अस्वस्थ बनाउने काम भएकाले संसद विघटन गर्नुपर्ने अवस्था आएको दाबी गर्नुभयो ।
प्रचण्डले कथित प्रस्तावको नाममा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र पेस गरेर पार्टीभित्रको आन्तरिक जीवनलाई तहसनहस गरेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया