Political Hightlights

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज

हिमालय टिभी
२०७७ पुष १५ गते ७:५३
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज

१५ पुस २०७७ काठमाडौं । संसद विघटनविरुद्ध सदकमा उत्रेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा उपलब्ध स्थायी कमिटी बैठक बोलाएको हो ।

हिजो काठमाडौं लगायत देशका मुख्य सहरमा शक्ति प्रदर्शन गरेको संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल बन्दसम्मका कार्यक्रम हुने यसअघि नै बताइसकेको छ ।

दिउँसो बस्ने स्थायी कमिटी बैठकले प्रधानमन्त्रीलाई घुँडा टेकाउने गरी आन्दोलनका नयाँ कार्यक्रम सार्वजिनक गर्ने नेकपा प्रचण्ड–नेपाल समूहले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्