Main News

देशका मुख्य शहरमा यस्तो देखियो प्रचण्ड-नेपाल पक्षको प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते २०:५९
देशका मुख्य शहरमा यस्तो देखियो प्रचण्ड-नेपाल पक्षको प्रदर्शन (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं। नेकपाको प्रचण्ड नेपाल समूहले देशका मुख्य शहरमा पनि आज प्रदर्शन गरेको छ । ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएको छ । प्रदर्शनपछि आयोजित विरोधसभामा बोल्ने नेकपा नेताले पनि प्रधानमन्त्रीमाथि आक्रोश पोखेका छन् ।

देशैभर भएका प्रदर्शनमा प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । विरोध सभामा बोल्ने नेताहरुले प्रधानमन्त्री ओलीले अरुकै इसारामा संसद विघटन गरेको आरोप पनि लगाए । पोखरामा भएको सभामा नेता सुरेन्द्र पाण्डेले अब अरुकै सेटिङमा प्रधानमन्त्री ओलीले काम गर्दै जाने ठोकुवा पनि गर्नुभयो ।

विराटनगरमा पनि नेताहरुले प्रधानमन्त्री ओलीले विदेशीको इसारामा संसद विघटन गरेको दाबी गरेका छन । उनीहरुले प्रधानमन्त्रीको कदमलाई साथ दिने गरी संविधान विपरितका निर्णय नगर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई सचेत गराएका छन् ।

धनगढीमा आयोजिक विरोध सभामा नेता भीम रावलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमत कुल्चिएको आरोप लगाउनुभयो । नेता रावलले पछिल्लो पटक सरकारमा सहभागी भएका मन्त्रीप्रति पनि आक्रोश पोख्नुभयो ।

जनकपुरमा भएको सभामा पनि नेकपा नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना गरेका छन । रेल्वे स्टेशनवाट सुरु भएको विरोध र्‍याली शहर परिक्रमापछि पुन त्यही पुगेर भामा परिणत भएको थियो । सभामा नेता गणेश शाहले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संवैधानिक कू गरेको आरोप लगाउनुभयो ।

बुटवलमा आयोजित सभामा नेता घनश्याम भुषालले ३ महिनाभित्रै प्रधानमन्त्रीको कदम सच्चाउने दाबी गर्नुभयो ।

बर्दियाको गुलरियामा पनि नेकपाले प्रदर्शन गरेको छ । बर्दियामा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोधसँगै उखु किसानको माग सम्बोधन गर्न पनि नेकपा कार्यकर्ताले माग गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि ‘शक्ति प्रर्दशन’ गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा मोटरसाईकल गरिएको छ । जलेश्वर स्थित मणिपाल ग्राउण्डबाट निस्केको मोटरसाईकल र्यालीले नगरपरिक्रमा गरेको थियो ।

देशैभर विरोध प्रदर्शन गरेर प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सच्चाएर सही बाटोमा ल्याउने अठोट पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *