Political Hightlights
ओलीसँगभन्दा प्रचण्ड–नेपाल समूहसँग सहकार्यः कांग्रेस नेता खाँण
२०७७ पुष १४ गते १८:४४
१४ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड–नेपाल समूहसँग सहकार्य हुने बताउनु भएको छ ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग सहकार्य हुनसक्ने बताउनुभयो ।
नेता खाँडले प्रधानमन्त्री ओलीले कोरोना वा अन्य कुनै कारण देखाएर संकटकाल लगाउन सक्ने आशंका पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री भएदेखि नै ओलीमा एकाधिकारवादी र निरंकुश व्यवहार देखिएको उहाँको दाबी छ ।
प्रतिक्रिया