Political Hightlights

अध्यक्ष र प्रधानमन्त्री बन्न नपाएकाले प्रचण्ड र नेपालले पार्टी फुटाएको बस्नेतको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १४:४०
अध्यक्ष र प्रधानमन्त्री बन्न नपाएकाले प्रचण्ड र नेपालले पार्टी फुटाएको बस्नेतको आरोप (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । नेकपाको ओली समूहका नेता महेश बस्नेतले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन नपाएकाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाउनु भएको छ ।

नेपालगन्जमा संचारकर्मीसँग नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रचण्डको पुनः प्रधानमन्त्री बन्ने तीव्र आकांक्षालाई सडकमा पुर्‍याइदिएको दाबी गर्नुभयो ।

लोकतन्त्रको मूल मर्म नै जनताको अभिमत भएको भन्दै बस्नेतले सरकारको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गर्ने दाबी गर्नुभयो ।

सार्वभौम जनताको जनमत लिन्छु भन्ने प्रधानमन्त्रीको निर्णय बदर भएर संसद पुनर्स्थापना भए मुलुकमा २०५२०५३ सालमा जस्तै सांसदको किनबेच दोहोरिने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्