Main News

प्रधानमन्त्रीले संसद विघटन गर्दा नेपालमा विदेशी चलखेल शुरु: नेता भट्टराई (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १४:२१
प्रधानमन्त्रीले संसद विघटन गर्दा नेपालमा विदेशी चलखेल शुरु: नेता भट्टराई (भिडियोसहित)

१३ पुस २०७७ बाँके । नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेल शुरु भएको बताउनु भएको छ ।

नेपालगन्जमा आज संचारकर्मीसँग नेता भट्टराईले प्रधानमन्त्रीकै कारण नेपालमा अन्तर्राष्ट्रिय चलखेलको ढोका खुलेको आरोप लगाउनुभयो ।

संसद विघटन गर्ने अधिकार संविधानले नदिए पनि अख्तियारको दुरुपयोग गरेर प्रधानमन्त्रीले कदम चालेका कारण आम नागरिकमा निराशा बढेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओली सच्चिएर आए अझै पनि पार्टी एकता हुन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कमिटी र संसदीय दलमा बहुमत गुमाउँदा पनि पद नछोडेर हुकुमी शैलीमा नेकपा विभाजन गरेको पनि भट्टराईले आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *