नेकपा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच भेटवार्ता
११ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपाल–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास निवास खुमलटारमा भएको भेटमा पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको हो ।
भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताउनुभएको थियो । तर जसरी भए पनि पार्टी एकतालाई कायम राख्नु पर्ने गौतमको भनाइ थियो ।
संसद विघटनसँगै नेकपामा संकट देखिएपछि गौतम तटस्थ हुनुहुन्छ । सचिवालयका सबै नेताको कित्ता प्रष्ट भैसके पनि वामदेव गौतम भने कतै पनि लाग्नुभएको छैन ।
तर संसद विघटनको भने विरोध गरिरहनुभएको छ । भेटमा प्रचण्ड(माधव समूहका अन्य नेताहरु पनि सहभागी थिए ।
प्रतिक्रिया