Main News

नेकपा प्रचण्ड–नेपाल समूहको सडक आन्दोलन शुरु

हिमालय टिभी
२०७७ पुष १० गते १३:२२
नेकपा प्रचण्ड–नेपाल समूहको सडक आन्दोलन शुरु

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन शुरु गरेको छ ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलमा प्रचण्ड नेपाल र खनाल नै धर्नामा बस्नुभएको थियो ।

धर्नामा सहभागी नेकपा कार्यकर्ताले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको भन्दै पुनर्स्थापना हुनुपर्ने माग गरेका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठकको हिजोको निर्णयअनुसार नेकपाले आजदेखि प्रदर्शन थालेको हो । नेकपाले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *