Main News

प्रचण्डलाई प्रतिगामी घोषणा गर्दै यसरी ओलीतिर लागे बादल (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते ६:२६
प्रचण्डलाई प्रतिगामी घोषणा गर्दै यसरी ओलीतिर लागे बादल (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल प्रचण्डलाई प्रतिगामी घोषणा गर्दै केपी शर्मा ओलीको पक्षमा उभिनुभएको छ । ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै थापाले आफनो कित्ता प्रष्ट पार्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्डलाई फुटवादी र प्रतिगामी भन्नुभयो । थापाले प्रचण्डलाई परास्त गर्ने घोषणा पनि गर्नुभयो ।

अनेकौं प्रयास गर्दा पनि प्रचण्ड र नेपाल पक्षलाई मनाउन नसकिएको र उनीहरु सरकार असफल पारेर नेतृत्वलाई विस्थापित गर्ने खेलमा लागेको थापाले आरोप लगाउनुभयो ।

एकता नसकिँदै नेकपा फूटेपछि मौन रहेका थापा ओलीको पक्षमा लाग्नुभएको हो । नेकपा विभाजनमा ओलीलाई साथ दिने थापा पूर्व माओवादीतर्फका सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ ।

थापाबाहेक स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि ओलीको पक्षमा लागिसक्नुभएको छ । प्रचण्ड र ओलीसँगको पटक पटकको छलफलपछि थापा ओलीका पक्षमा खुल्नुभएको हो । तर, थापा निकट धेरै नेता प्रचण्ड–नेपालका पक्षमा उभिएका छन ।

गृहमन्त्री थापा निकटका नेता देव गुरुङ र पम्फा भुसाललगायतका अधिकांश केन्द्रीय सदस्य प्रचण्ड नेपाल पक्षमा हुनुहुन्छ । गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पनि प्रचण्ड–नेपाल समूहमा लाग्नुभएको छ । फेसबुक मार्फत सुवेदीले अब गृहमन्त्रीको सल्लाहकार नरहेको पनि घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *