Main News

प्रचण्डले भने- ‘प्रतिनिधिसभा विघटन गणतन्त्रविरुद्ध षड्यन्त्र ‘ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते ६:१९
प्रचण्डले भने- ‘प्रतिनिधिसभा विघटन गणतन्त्रविरुद्ध षड्यन्त्र ‘ (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर गणतन्त्रविरुद्ध षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभएको छ ।

तत्कालीन नेकपा एमालेको कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीको प्रतिमामा माल्यार्पण गरेपछि पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्र र अहिलेसम्मको परिवर्तन विरुद्ध षडयन्त्र गरेको आरोप लगाउनुभयो । तर ओलीको षडयन्त्र सफल हुन नदिने उहाँको दावी छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संविधान विपरीत कदम चालेकाले विरोधमा उत्रिनु परेको बताउनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली कम्युनिष्ट बन्न नसकेकाले समस्या आएको बताउनुभयो ।

ओली समूहले पार्टी केन्द्रीय कार्यालय कब्जा गरेपछि प्रचण्ड नेपाल समूहले बल्खुको सम्पत्ति आफ्नो कब्जामा रहेको सन्देश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *