Political Hightlights

प्रचण्ड नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेता चयन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते १५:११
प्रचण्ड नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेता चयन (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई नेता बनाएको हो । बैठकको सर्वसम्मतिबाट प्रचण्ड नेता चुनिनुभएको छ ।

यो समूहले हिजो केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको थियो । संसदीय दलको बैठकमा ९० जना सांसद सहभागी रहेको दावी गरिएको छ ।

एकता प्रक्रिया नसकिँदै विभाजन भएको नेकपामा प्रचण्ड–नेपाल समूह बहुमतमा छ । अब दुवै खेमा निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाउन कानूनी प्रक्रियामा प्रवेश गरेका छन ।

३१ महिना अघि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो । तर एकताका काम नसकिँदै पार्टी विभाजन भएको छ । पूर्व एमाले समूहमा ठूलो विभाजन आएको छ भने माओवादी समूहका थोरैले मात्रै ओलीलाई साथ दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्