Main News

उखु किसान उखु र हलो लिएर माइतीघर मण्डलामा

हिमालय टिभी
२०७७ पुष ८ गते १४:१५
उखु किसान उखु र हलो लिएर माइतीघर मण्डलामा

८ पुस २०७७ काठमाडौं । उखु किसानहरुले आज पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु आज पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु मसिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन् ।

चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखु किसानहरुले बताएका छन् । मिल सञ्चालकहरुबाट किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालक बीच सम्झौता गराएको थियो । सरकारको रोहबरमा एक महिनाभित्रमा भुक्तानी दिने सम्झौता भएपनि किसानहरुले एक वर्षसम्म पनि भुक्तानी पाउन सकेनन् ।

त्यसैले किसानहरु फेरि पनि काठमाडौं आएर संघर्ष गर्न बाध्य भएका हुन् । यसपटक सरकारले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ । तर अहिलेसम्म कुनै पनि कारबाही गर्न सकेको छैन् ।

किसानहरुले सरकारसँग पटकपटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् । किसानहरुले आफुहरुले पाउनुपर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिँदासम्म संघर्षलाई जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *