Main News

भुक्तानीको जिम्मा सरकारले नलिएसम्म उखु किसानको आन्दोलन जारी रहने

हिमालय टिभी
२०७७ पुष ६ गते १४:५३
भुक्तानीको जिम्मा सरकारले नलिएसम्म उखु किसानको आन्दोलन जारी रहने

६ पुस २०७७ काठमाडौं । उखु किसानहरुले चिनी मिलबाट आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

चिनी मिल सञ्चालक र सरकारले पटक पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन् ।

किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाइमा ढुक्क हुन नसक्ने किसानको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *