Main News
निर्वाचनको तयारी थाल्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह
२०७७ पुष ५ गते १८:३९
५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई कुनै शंका नगरी निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा उहाँले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको भन्दै ढुक्कले तयारी गर्न भन्नु भएको हो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र चाहनेले निर्वाचनको विरोध नगर्ने भन्दै सरकारलाई कुनै अनावश्यक साथ (अन डिउ फेभर) नचाहिने बताउनुभयो । निर्वाचन आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानून, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको बताएको थियो।
जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाउनु भयो । निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाएको छ ।
प्रतिक्रिया