५७०६ जनामा परीक्षण गर्दा ७८२ जनामा कोरोना पुष्टि, थप १६ जनाको मृत्यु
३ पुस २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ पुगे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
पछिल्लो पटक नेपालमा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ सय ६ जनाको नमुना परीक्षणमा थप ७८२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । आज थपिएका मध्ये काठमडौं उपत्यकामा २ सय ८७ छन्। देशभर आजसम्म ९ हजार ३ सय १७ जना संक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये बागमति प्रदेशमा मात्रै ५ हजार ५ सय २७ जना संक्रिय संक्रमित छन् । थप १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ । देशभर २ सय ८३ जनाको आइसीयू र ४९ जनाको भेन्टिलेरमा उपचार भइहरेको छ ।
प्रतिक्रिया