Political Hightlights

स्थायी कमिटी बैठकअघि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७७ पुष १ गते १३:२३
स्थायी कमिटी बैठकअघि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

१ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

गएको मंसिर २१ बाट शुरू भएको स्थायी कमिटी बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । तर, सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि छलफलको विषय थपिएको छ ।

प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्