तत्काल संसद अधिवेशन बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउन जसपा नेता डा. भट्टराईको माग
१ पुस २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एबं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले तत्काल संसद अधिवेशन आब्हान गरी राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराइले ओलीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनुपर्ने बताउनु भएको छ ।
ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ । सत्ताधारी नेकपा र विपक्षी कांग्रेसहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेका छन् ।
तर डा भट्टराईले भने ओलीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनुपर्ने उल्लेख गर्नु भएको छ ।
महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो?
— Baburam Bhattarai (@brb1954) December 15, 2020
प्रतिक्रिया