Main News

नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, थप १४ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ३० गते १६:३०
नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, थप १४ जनाको मृत्यु

३० मंसिर, २०७७ काठमाडौं । नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०१८० पुगेको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३० पुगेको छ।

काठमाडौं १७४ महिला र २६४ पुरुष गरी ४३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप १९९६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३८५६९ पुगेको छ।

देशभर ३६९ जना कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा उपचारत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड–१९ अस्पतालमा ३२१ जना संक्रमित आइसीयु र ४८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *