Main News
चिनी मिल सञ्चालकलाई पक्राउ गर्न सरकारको निर्देशन
२०७७ मंसिर ३० गते १६:०९
३० मंसिर, २०७७ काठमाडौं । सरकारले उखु किसानको रकम नतिर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी र कृषिमन्त्री घनश्याम भुसालसहितको बैठकपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
नवलपरासीको इन्दिरा सुगर मिल र लुम्बिनी सुगरमिल, सर्लाहीस्थित अन्नपूर्ण सुगरमिल तथा रौतहटको श्रीराम सुगरमिलका सञ्चालकलाई पक्राउ गर्न गृहमन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाएको छ ।
भुक्तानी नपाएको भन्दै उखु किसानले आइतबारदेखि माइतीघरमा प्रदर्शन थालेका थिए । चिनी मिलले किसानको ९० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
प्रतिक्रिया