Main News

आन्दोलन गर्ने वास्तविक उखु किसान नै नभएको उद्योगीले बताएको मन्त्रीको दाबी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते १९:१८
आन्दोलन गर्ने वास्तविक उखु किसान नै नभएको उद्योगीले बताएको मन्त्रीको दाबी (भिडियोसहित)

२९ मंसिर, २०७७ काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका छन् ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताएका हुन् ।

मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएको बताउनुभयो । विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताउनुभयो ।

उद्योगीहरुले शुरुमा किसानलाई भुक्तानी दिएरपछि मात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई सुनाउनुभयो ।

उहाँले भन्नुभयो ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु प्नि रहेछन भने उहाँहरुबाटै थाहा पाएं । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किासन संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईहरु आफ्नोतर्फबाट अलि अन्वेषण गर्न पर्‍यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं ।’

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताउनुभयो । उहाँले अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *