५४२३ जनामा परीक्षण गर्दा ८२१ जनामा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु

२९ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९२४४ पुगेको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पीसीआर परीक्षण भएको छ।
काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४६, ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप ८४२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३६५७३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ।
देशभर हाल ३ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २ सय ७३ जना आइसीयु र ५४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया