Main News

काठमाडौंमा आज पनि उखु किसानको प्रदर्शन

हिमालय टिभी
२०७७ मंसिर २९ गते १५:०३
काठमाडौंमा आज पनि उखु किसानको प्रदर्शन

२९ मंसिर, २०७७ काठमाडौं । उखुको भुक्तानी माग्दै आज पनि किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा उखु किसानले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।शनिबार पनि उनीहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।

किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसकेकोमा उनीहरु आक्रोशित छन । चार–पाँच वर्षअघि चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग किसान निरन्तर आन्दोलनमा छन ।

उनीहरु पछिल्ला केही वर्ष माग लिएर काठमाडौं धाउने र उधारो सहमति गरेर गाउँ फर्किने गरेका छन् । तर यसपटक रित्तो हात नजाने उनीहरुको अडान छ ।

उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् ।

उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *