Main News

नेकपा प्रवक्ता श्रेष्ठ मुछिएको विवादमा अध्यक्ष प्रचण्डको यस्तो प्रष्टिकरण

हिमालय टिभी
२०७७ मंसिर २८ गते १४:५७
नेकपा प्रवक्ता श्रेष्ठ मुछिएको विवादमा अध्यक्ष प्रचण्डको यस्तो प्रष्टिकरण

२८ मंसिर, २०७७ काठमाडौं । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा प्रष्टिकरण दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी प्रवक्ता श्रेष्ठलाई एउटा हाइड्रोको विवादसँग जोडेर गलत प्रचार गरिएको भन्दै भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

प्रचण्डले दिवंगत कमानसिंह लामा र हाइड्रो पावरको सेयर विवादमा प्रवक्ता श्रेष्ठलाई मुछेर अनावश्यक प्रचार गरिएको प्रचण्डको भनाइ छ । प्रचण्डले सम्बन्धित हाइड्रोका व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र श्रेष्ठले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रचण्डले यो विवादबारे विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी रहेको बताएको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

नेकपाका नेता एवं पूर्व सांसद लामाले निधन हुनु अघि नेकपाका प्रवक्ता श्रेष्ठ र उहाँका पूर्व स्वकीय सचिव सुशन कर्माचार्यले आफूलाई समस्यामा पारेको फेसबुकमा लेखेपछि श्रेष्ठ विवादमा तानिुभएको छ ।

लामाले आफ्नी श्रीमती ईन्द्रमायालाई पनि दोष दिनुभएको छ । सार्वजनिक भएको भिडियो र अडियोमा श्रेष्ठले विवादको मध्यस्थता गरेको पाइएको छ । तर दिवंगत लामाकी बुहारीले श्रेष्ठले समस्यामा पारेको बताए पनि श्रीमती ईन्द्रमायाले भने श्रेष्ठले कुनै गल्ती नगरेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *