Political Hightlights

बैठक रोकिँदैन, स्थायी कमिटी बैठकबाटै पार्टीभित्रको समस्या समाधान हुन्छः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते १७:०६
बैठक रोकिँदैन, स्थायी कमिटी बैठकबाटै पार्टीभित्रको समस्या समाधान हुन्छः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकबाटै पार्टीभित्रको समस्या समाधान हुने बताउनुभएको छ ।

काठमाडौंमा एक कार्यक्रमपछि हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले नेताहरुबीच छलफल चलिरहेको र स्थायी कमिटी बैठकबाट विवाद समाधान हुने बताउनुभयो ।

अर्का अध्यक्ष केपी शर्मा ओली आउने नआउने अन्यौल चलिरहेका बेला प्रचण्डले भोलिको बैठक नरोकिने समेत बताउनुभयो ।

उत्कर्षमा पुगेको पार्टी विवाद समाधानका लागि भन्दै १ हप्ता स्थगन गरिएको स्थायी कमिटी बैठक भोलि बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने नआउने कुनै निश्चित भएको छैन ।

नेताहरुबीच पार्टी विवाद समाधानको लागि कुनै सहमति नजुटेका बेलामा नेकपा अध्यक्ष प्रचण्डले ओली तयार नभए पनि स्थायी कमिटी बैठकमा बहुमतको आधारमा निर्णय गरेर जाने संकेत गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रचण्डले पार्टीमा अहिले विधि विधान स्थापित गर्ने प्रयास भैरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्