७४१४ जनामा परीक्षण गर्दा १०४४ जनामा कोरोना पुष्टि, थप ११ जनाको मृत्यु

२६ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६६९४ पुगेको छ। आज देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ पुगेको छ।
गत २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६ सय १८ पुगेको छ।
काठमाडौं २३६ महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप १२७१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३२८७२ पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
देशभर हाल ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्। ३ सय १० जना आइसीयु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया