Main News

चितवनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

हिमालय टिभी
२०७७ मंसिर २६ गते १३:०२
चितवनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

२६ मंसिर, २०७७ चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् ।

जलवीरे चन्डीभञ्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्वरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक चितवन इच्छाकामना गाउँपालिका ६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमाकुमारी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *