Main News

सातामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २५ गते २०:३८
सातामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस (भिडियोसहित)

२५ मंसिर, २०७७ काठमाडौं । सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको हो ।

समितिले एक सातामा २ दिन बिदा दिँदा प्रशासनिक खर्चसमेत कम हुने निष्कर्ष निकालेको छ । मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको विवरणसहित नेपालमा पनि यस्तै व्यवस्था गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको छ।

दुई दिन बिदा दिँदा आर्थिक रुपले कर्मचारी, कार्यालय र संस्थाको उत्पादकत्व बढ्ने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समितिको निष्कर्ष छ ।

यस्तै काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामीप्यता बढ्ने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पर्ने जस्ता तर्क पनि गरिएको छ ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो । अहिले नेपालमा शनिबार मात्र साप्ताहिक बिदा दिने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *