Political Hightlights

नेकपा अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता, जुटेन सहमति

हिमालय टिभी
२०७७ मंसिर २४ गते १४:३३
नेकपा अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता, जुटेन सहमति

२४ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ४ दिनपछि भेटवार्ता भएको छ ।

उत्कर्षमा पुगेको पार्टी विवाद समाधानका लागि भन्दै अध्यक्ष ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ घन्टा वार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाकाअनुसार दुई अध्यक्षबीचको भेटमा छलफल भएपनि विवाद समाधानका लागि कुनै ठोस सहमति हुन सकेन। गत २१ गतेदेखि शुरु पार्टीको स्थायी कमिटी बैठक एक हप्ता स्थगन गरेर नेकपामा सहमतिको प्रयास भइरहेको छ ।

केन्द्रीय कमिटी बैठकसमेत सारेर नेकपामा विवाद समाधानको उपायमाथि खोजी भइरहेको छ । पार्टी सचिवालय बैठकमा अध्यक्ष ओली र प्रचण्डले एकअर्कोमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि एकता नै संकटमा परेको छ । र, एकताको औचित्यमाथि नै प्रश्न उठिरहेको छ ।

बैठकको माग गर्दै सचिवालय बैठकमा पेस भएका पत्र, ओली र प्रचण्डले पेस गरेको प्रस्ताव अहिले नेता तथा कार्यकर्ताको हातहातमा पुगेको छ । स्थायी कमिटी सदस्यलाई अध्ययनको वितरणसमेत गरिएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता लिएर मात्रै समाधान खोज्ने अडान राख्दै आउनुभएको छ भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी कमिटीले नै यसबारे निर्णय लिने भन्दै ओलीबिना पनि बैठक गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्