Main News

६२२० जनामा परीक्षण गर्दा १०१४ जनामा कोरोना संक्रमण पुष्टि, थप २० जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २२ गते १६:२४
६२२० जनामा परीक्षण गर्दा १०१४ जनामा कोरोना संक्रमण पुष्टि, थप २० जनाको मृत्यु

२२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४१९९५ पुगेको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लोपटक थपिएका १ हजार १४ संक्रमितमध्ये ४ सय ४२ काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौंमा संक्रमितको संख्या ९० हजार ७ सय ७२ पुगेको छ। जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन्।

नेपालमा थप १६२८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२७४३३ पुगेको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *