Political Hightlights

नेकपा अध्यक्ष प्रचण्डले भने–नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु

हिमालय टिभी
२०७७ मंसिर २१ गते १९:०९
नेकपा अध्यक्ष प्रचण्डले भने–नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु

२१ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्डले गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताउनुभयो । यसका लागि जो पनि तयार हुनुपर्ने भन्दै गणतन्त्र र पार्टी एकता बचाउनका लागि त्याग गर्न तयार हुने कि नहुने भनेर ओलीलाई प्रश्न गर्नुभएको छ ।

परिवर्तन र पार्टी एकता संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो नभएको र आफू पनि त्याग गर्न तयार गरेको प्रचण्डले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रचण्डको भनाइ उद्धृत ती नेताले भने–हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्ता ल्याउन म अध्यक्ष छोड्न तयार छु।’

यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताउनुभएको थियो । पार्टी भित्रको विवादबारे बोल्दै प्रचण्डले यसको दोष ओलीलाई दिनुभयो ।

ओलीले फायर खोलेपछि आफूहरुले प्रतिवाद गरेको प्रचण्डको दावी छ । बैठकका लागि पत्रमात्र लेख्दा ओली सार्वजनिक रुपमा उत्रिएपछि अहिलेको अवस्था आएको प्रचण्डको भनाइ छ ।

अनौपचारिक छलफलबाट समाधान निस्कने ठाउँमा ओलीले सार्वजनिक रुपमै उत्रिएको प्रचण्डले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्