कार दुर्घटनामा एक जनाको मृत्यु, तीन जनाघाइते

रासस
२०७७ मंसिर २१ गते १३:०६

कार दुर्घटनामा एक जनाको मृत्यु, तीन जनाघाइते

२१ मंसिर, २०७७ भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।

चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु-याइएको बताउनुभयो । घाइते श्रेष्ठको अस्पताल पु-याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs