Main News

८ हजार ३ सयमा परीक्षण गर्दा १४९० जनामा कोरोना पुष्टि, थप ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १७ गते १६:२८
८ हजार ३ सयमा परीक्षण गर्दा १४९० जनामा कोरोना पुष्टि, थप ९ जनाको मृत्यु

१७ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप १४ सय ९० कोरोना संक्रमित थपिएका छन् ।

आठ हजार तीन सय नमूनाको पीसीआर परीक्षण गर्दा १४ सय ९० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् । काठमाडौं उपत्यकामा ७ सय २३ जना थपिएका छन । ती मध्ये काठमाडौंमा ५ सय ३१ ललितपुरमा ६१ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ जनाको ज्यान गएको छ । पछिल्लो पटक १५ सय ६७ कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार ६१ पुगेको छ ।

अहिले देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित मध्ये १० हजार ७ सय ४१ जना होम आइशोलेशनमा छन् । ती मध्ये ३ सय ६५ जनाको आइसियू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *