Main News

ट्राभल एजेन्सीकाे बदमासी, सयाैं नेपालीलाई भारतमा अलपत्र छाडियाे (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते २०:१८
ट्राभल एजेन्सीकाे बदमासी, सयाैं नेपालीलाई भारतमा अलपत्र छाडियाे (भिडियोसहित)

१६ मंसिर, २०७७ धनगढी । रोजगारीको खोजीमा भारत पुगेका सयौं नेपाली ट्राभल एजेन्सीको बदमासीका कारण बिच बाटोबाटै फर्काइएका छन् । धनगढीमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिबाट टिकट काटेर भारतका विभिन्न शहर हिँडेका डेढ सयभन्दा बढी नेपाली बिचबाटोबाटै फर्काइएपछि अलपत्र परेका हुन् ।

भारतको पलिया भन्ने स्थानमा आफुहरुलाई अलपत्र छाडिएपछि उनीहरु गएराती धनगढी फर्केका छन् । प्रहरीले ठगीमा संलग्न करिव ३० जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ धनगढीबाट डेढ सयभन्दा बढी यात्रुलाई धनगढीस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिले करिब ५ सय जनालाई टिकट काटेर भारत पठायो । भारतको बेङ्लोरका लागि साढे ४ हजारसम्म भाडा लिएर उनीहरुलाई पठाइएको थियो । तर पलियालगायतका विभिन्न सहर पुगेका उनीहरुलाई फेरी नेपाल फर्काइएको छ । ट्राभल्सले प्रक्रिया नमिलाएकाले भारतमा गाडीवालाले नेपालीलाई अघि बढ्न नदिएको बताइएको छ । रोजगारीका लागि भारत हिँडेका सयौं नेपाली अहिले धनगढीमा अलपत्र परेका छन् ।

बालबच्चासहित रोजगारीको खोजीमा हिँडेकाहरुको अहिले बिचल्ली भएको छ । आफुहरुलाई अलपत्र पार्नेलाई तत्काल कार्वाही गर्न उनीहरुले माग गरेका छन् ।

यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रु यसैगरी अलपत्र परेका थिए । प्रहरीले ट्राभल एजेन्सीका सञ्चालक र कर्मचारी गरी ३० जनालाई नियन्त्रणमा लिएको छ ।

कोरोना कहरकाबीच भारत जान हिँडेका नेपाली स्वदेशकै ट्राभल एजेन्सीबाट ठगिएपछि आक्रोशित छन् । ठगी गर्नेविरुद्ध प्रशासनले देखाएको सक्रियता प्रसंशनीय छ । सोझा नागरिक ठग्नेलाई कस्तो कारवाही हुन्छ अब हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *