Political Hightlights

नेकपा सचिवालय बैठक आज बस्दै, आआफ्नै अडान र रणनीतिमा ओली र प्रचण्ड पक्ष

हिमालय टिभी
२०७७ मंसिर १६ गते ७:१८
नेकपा सचिवालय बैठक आज बस्दै, आआफ्नै अडान र रणनीतिमा ओली र प्रचण्ड पक्ष

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् ।

ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका हुन् ।

प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नको जवाफ दिनुको साथै केही विगतका प्रसंग कोट्याएपछि सचिवालयका पाँचैजना नेताले संयुक्त जवाफ तयार पारेका हुन् ।

प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित जवाफ तयार पार्नु भएको हो । त्यसका लागि उहाँहरुबीच आइतबार र सोमबार सघन छलफल भएको थियो ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसको दश दिनपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गर्नु भएको छ ।

बैठक माग गर्दै पाँचजना सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध पनि चलेको छ ।

पार्टीका सबै कमिटीमा बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष मतदानबाटै भए पनि निष्कर्षमा पुर्‍याउनु पर्ने पक्षमा छ । तर, ओली पक्षले भने अन्तरिम कमिटीमा बहुमत अल्पमतको अर्थ नरहेको भन्दै त्यसलाई नमान्ने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्