Main News

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, थप १४७४ संक्रमित थपिए

हिमालय टिभी
२०७७ मंसिर १५ गते १६:४०
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, थप १४७४ संक्रमित थपिए

१५ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ ।

सरकारी तथ्यांक अनुसार कोरोनाका कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै दोस्रो बढी हो । यसअघि एकैदिन ३० जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक दैनिक मृत्यु हुनेको संख्या उच्च रहे पनि संक्रमितको संख्या भने कम छ ।

पछिल्लो पटक ९ हजार ९ सय ११ नमूनाको पीसीआर परीक्षण गर्दा १४ सय ७४ नयाँ संक्रमित पहिचान भएका छन् । संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।


थपिएका मध्ये आधा भन्दा बढी ८ सय ९ जना काठमाडौं उपत्यकामा छन् । ति मध्ये काठमाडौंमा ६ सय १५, ललितपुर १ सय २५ र भक्तपुरमा ६९ जना छन् ।

पछिल्लो पटक थप १९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।

अब देशमा १७ हजार ४ सय २३ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *